किष्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाण्डु टुडे २०८२ कार्तिक १० गते १५:०२ मा प्रकाशित

काठमाण्डू, १० कात्तिक– बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड समेत गरेका छन ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ । घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ ।

अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us