कानुन र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुनुहुँदैनः एमाले सचेतक बराल

काठमाण्डु टुडे २०८२ साउन २९ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, २९ साउन– सत्ता घटक दल एमालेकी सांसद सुनिता बरालले प्रतिपक्षी दलहरुले लोकप्रियतावाद अतिवाद शङ्का र घृणाका बिषय मात्रै उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षी दलहरुमाथी कटाक्ष गरेकी छन ।

आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन । सचेत बरालले मन्त्रीले दिएका जवाफमा प्रतिप्रश्न गर्ने र हावादारी गफ दिएर जानुभयो भन्ने तहसम्मका तर्क प्रतिपक्षबाट हुँदै जाँदा गणतन्त्रको विषय कहाँ पुग्छ भन्दै प्रश्न समेत गरेकी छन । उनले प्रतिपक्षलाई लोकप्रियताका लागि त्यस्ता कुरा नगर्न सभामुखमार्फत ध्यानाकर्षण गराइन् ।

बराल अघि माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीलाई अपराध संहिता पढ्न सुझाव दिएकी थिइन् । उनले भनिन्, ‘आज हामी राजनीतिक दलहरू नीतिका आधारमा प्रतिस्पर्धा गर्ने ठाउँमा कहाँ छौ रु हामी सहमति निर्माण र संवादलाई राजनीतिक अभ्यासको केन्द्र बनाउनुपर्छ भन्ने कुरामा कहाँ छौ रु र राजनीतिक संस्कार विकास गर्दै राष्ट्रिय राजनीतिका विषयहरूमा एकीकृत हुनुपर्छ भन्ने सन्दर्भमा कहाँ छौँ ?

कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा एकीकृत हुनुपर्ने बरालको धारणा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us