प्रधानमन्त्रीलाई अपराध संहिता अध्ययन गर्न माओवादी सांसद शर्माको सुझाव

काठमाण्डु टुडे २०८२ साउन २९ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २९ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव दिएकी छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएकी हुन । शर्माले प्रधानमन्त्रीले बुधवार मात्र संसदमा गरेको सम्बोधनमा आफ्ना उपलब्धि भन्दा विपक्षीलाई कटाक्ष गरेकोमा आपत्ति समेत जनाएकी छन ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले सरकारका उपलब्धि सुनेर अचम्म माने होलान् पनि भन्न भ्याउनुभयो, ‘विगतका मिथ्यांक सुनेर के अचम्म मान्नु रु तर बहुविवाह सम्बन्धी कानुन लगायतका विषयमा प्रधानमन्त्रीको झुट अभिव्यक्तिबाट म साँच्चै अचम्मित भएँ ।’

उनले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, अपराध संहिताको दफा १७५ मा उपदफा ५ पछि थपिएको खण्ड ‘क’ को विषय राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us