रामहरिले राजीनामा दिए तर, गृहमन्त्रीको नैतिकता जागेनः सांसद कार्की

काठमाण्डु टुडे २०८२ साउन २९ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, २९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सांसद डा.चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको दाबी गरेकी छन ।

आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो ।

तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’ रास्वपाले भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको माग राख्दै आएको छ ।

यो विषयमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिनुपर्ने उनीहरूको आग्रह छ । यही माग राखेर रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us