गृहमन्त्रीले न्यायालय प्रभावित पार्न भूमिका खेलेको रास्वपाको आरोप

काठमाण्डु टुडे २०८२ साउन २९ गते १३:५३ मा प्रकाशित

 काठमाण्डू, २९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री लेखकमाथी यस्तो गम्भीर आरोप लागाएकी हुन ।

उनले भनेकी छन्, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायलयमा उहाँ (गृहमन्त्री रमेश लेखक)को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश शुशिला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’

गृहमन्त्रीको सचिवालयमा उजुरी तयार पार्ने काम भएको उनको आरोप समेत उनले लगाएकी छन । उनले भनिन्, ‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्युको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएका छन् ।’

उजुरीको कपि गृहमन्त्रीकै सचिवालयबाट जुन दिन पेसी चढेको छ उही दिन न्याय परिषद्मा परेको र यो योजनाबद्ध रहेको उनको आरोप छ । ‘‘ यसरी योजनावद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी हुन्छ ?’ डा।कार्कीको प्रश्न छ, ‘कानुन जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us