काठमाण्डू, २९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आगामी १४ भदौमा चीन जान लागेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
सम्मेलन भदौ १५ र १६ गते ९अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुँदैछ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । शांघाई सहयोग संगठन ९एससीओ० क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य रहेका छन ।