बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८२ साउन २७ गते २१:५७ मा प्रकाशित

काठमाण्डू, २७ साउन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।

बानियाले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राखेका थिए । उनको पक्षमा ६३ मत परेको हो ।
प्रस्तावको विपक्षमा २२ मत र तटस्थमा ७ मत परेको छ ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभाका ९२ सदस्य उपस्थित थिए । आफ्नै दल काँग्रेसका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई संसदीय दलको नेताबाट हटाएर बानियाँ दल नेता चुनिएका थिए ।

बानियाँलाई एमालेले मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us