काठमाण्डू, २७ साउन– बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहेको बताएका छन ।
हालको विद्यामान राजनीतिक अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने अवस्थामा नरहेको उनले बताए । प्रदेशसभाको मंगलबार बसेको बैठकमा बोल्दै नेता जम्कट्टेलले गठबन्धनको सरकार संविधान मिच्ने प्रक्रिया माथि हस्तक्षेप भएको बताए ।
मुख्यमन्त्रीले नियुक्त गरेको मन्त्रीहरूको शपथ नगराएर प्रदेश प्रमुखले सिस्टम मिच्ने काम गरेको बताए । उक्त कार्यमा प्रदेश प्रमुखको स्वास्थ्यको स्थिति मात्र नभएर राजनीतिक विषय हुन सक्ने उनले बताए ।
गठबन्धनको सरकार व्यवस्था विपरीत भएर सिस्टम माथि हस्तक्षेप गरिरहेको बताए । उनले वर्तमान सरकार संविधानको मर्म र भावना अनुसार रहेको छ त ? भन्दै प्रश्न समेत गरे ।