सर्वोच्चबाट मुकुल ढकालको रिट खारेज

काठमाण्डु टुडे २०८२ साउन २७ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, २७ साउन– सर्वेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज गरीदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए । ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us