काठमाण्डू, २७ साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अन्ततः हेटौँडा पुगेको छ ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौँबाट हेटौँडा आइपुगेको स्रोतले जानकारी दिएको छ । लामा समूहका १३ जनै सांसद केहीबेरअघि हेटौडा पुगेका हुन् ।
उनीहरू पुगेसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ । ४ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु हुने बताइएको छ ।