काठमाण्डू, २७ साउन– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार अपराह्न विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसकै बहादुर सिंह लामा तामाङ पक्षधर सांसदले असहयोग गर्न भएका छन ।
बहादुर पक्षका १३ जना सांसद मोबाइल स्विच अफ गरेर काठमाण्डूमा नै बसेको स्रोतले जानकारी दिएको छ । बहादुर पक्षका केही सांसदलाई सम्पर्क गर्दा उनीहरुको मोबाइल स्विच अफ रहेको पाइएको छ ।
आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको लामा निकट स्रोतले जानकारी दिएको छ ।
बानियाँले बहादुर सिंह लामा पक्षधरको असहयोगकै बीच विश्वासको मत लिइछाड्ने बताएका छन ।