काठमाण्डू, २७ साउन– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा कुनै सत्यता नरहेको र यो कुतर्क मात्रै भएको बताएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो बताएका हुन । उनले एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न समेत गरेका छन ।
उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको पनि बताए । किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन समेत उनले सरकारलाई आग्रह गरेका छन ।