उत्तराखण्ड बाढीमा अझै २६ नेपाली बेपत्ता

काठमाण्डु टुडे २०८२ साउन २७ गते १६:१९ मा प्रकाशित

काठमाण्डू, २७ साउन– छिमेकी देश भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी दिएको छ । दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ । यसअघि सोही बाढीमा बेपत्ता भएकामध्ये १३ जना नेपालीको सकुशल उद्धार गरिएको थियो ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us