रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति

काठमाण्डु टुडे २०८२ साउन २७ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, २७ साउन– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक बर्ताैलाले रास्वपाको ब्यवाहार प्रति प्रश्न गरेका हुन ।

उनले एकातिर प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्ने अर्कोतिर संसदीय समितिको बैठकमा भाग लिने प्रवृतिका बीचमा मेल नखाएको तर्क गरेका छन । एमाले सचेतक बर्ताैलाले भने, ‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ ।

तर, यही मूल सदनले दिएको विजनेश सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ ।’ एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ । अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ । यो संसद्मा बहिष्कार गरेको के अर्थ ?’ उनी प्रश्न गर्छन्, ‘के लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ?’ यस्तो व्यवहार सुधार्न रास्वपालाई एमाले मुख्य सचेतक बर्तौलाको आग्रह समेत गरेका छन ।

एमालेका मुख्य सचेतक बर्तौलाले संसद्को मूल बैठक बहिष्कार गरेर बाहिर निस्केर प्रतिक्रिया दिने गरेको र प्रतिक्रिया दिँदा गलत शब्दहरू प्रयोग गर्ने गरेको भनेर आपत्ति समेत व्यक्त गरेका छन । उनले भने, ‘यो संसद् बहिष्कार गर्नुभएको छ । तर, बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधनमन्त्रीका विरुद्धमा, मन्त्रीका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका नेता र सांसदहरूका विरुद्धमा गालीगलौजका शब्दहरू प्रयोग गर्नुहुन्छ ।’

ति शब्दहरू अशिष्ट रहेको उनको भनाइ छ । ‘अश्लिल र अशिष्ट शब्दहरू, असामाजिक शब्दहरू सामाजिक सञ्जालमार्फत् विषवमन गरिरहनुभएको छ,’ बर्तौलाले असन्तुष्टि जनाउँदै भने, ‘अहिले संसद्को लाइभ चलिरहेकै बेलामा सुरु भयो उहाँहरूबाट के के कमेन्ट आए अनुमान लगाउन सकिन्छ । कतिपय कुरा भन्न गाह्रो छ ।’ उनी आरोप लगाउँदा प्रयोग भएका शब्दहरूप्रति आपत्ति समेत जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us