कैदीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

काठमाण्डु टुडे २०८२ साउन २७ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, २७ साउन– पर्साको वीरगञ्जमा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शन गरेका छन । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्तहरुले विरोध प्रर्दशन गरेका हुन ।

नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

उनी मंगलबार बिहान एक्कासी बेहोस भएको एसपी मिश्रले जानकारी दिएका छन । नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको । आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै विरोध प्रर्दशनमा उत्रिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us