अनिल झाले छाडे लोसपा, राजीनामा स्विकृत

काठमाण्डु टुडे २०८२ साउन २७ गते १३:५४ मा प्रकाशित

काठमाण्डू, २७ साउन– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन । वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी दिएका छन ।

ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्विकृत समेत भईसकेको छ । लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए ।

लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिएका छन । ‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५–६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन ।

पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us