जुवातास खेलेको आरोपमा काठमाण्डूको तारकेश्वरबाट पाँच जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २७ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, २७ साउन– प्रहरीले जुवातास खेलेको आरोपमा काठमाण्डूको तारकेश्वर– २ ढकालटारबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

तारकेश्‍वर नगरपालिका–२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताती गाउँपालिका–१ घर भएका  ३२ वर्षी विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us