टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २७ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, २७ साउन– अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेकी अमेरीकी सञ्चारमाध्यमहरुले जनाएका छन ।

टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जानकारी दिएको छ ।

रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।

ललित पुर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइती भने काठमाण्डूमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us