रास्वपाको केन्द्रीय समितिको बैठकः केन्द्रीय सदस्यहरुलाई बोल्न दुई मिनेटको समय

काठमाण्डु टुडे २०८२ साउन २३ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, २३ साउन– आज (शुक्रबार) प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको मुख्यालय बनस्थली (घण्टी घर) मा दिनको १ः०० बजे बस्ने रास्वपाका केन्द्रीय प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

आजको केन्द्रीय समितिको बैठकमा मुख्य १३ वटा एजेण्डामा केन्द्रीत हुने प्रवक्ता झाले जानकारी दिए । आजको छलफलका लागि केन्द्रीय सदस्यहरुलाई अधिकतम दुई मिनेट समय छुट्याइएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us