काठमाण्डू, २३ साउन– सप्तरीमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालीका–३ का ४२ बर्षीय शम्भुकुमार इसर रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन ।
उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।