रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन २२ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नरहेको बताएका छन ।

आज (बिहिबार) माओवादी निकट अखिल क्रान्तिकारीले काठमाण्डूको राष्ट्रिय सभामा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन ।

प्रचण्डले भने, ‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन, ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ ।’ उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us