‘माओवादीका सबै नेताका छोराछोरी सार्वजनिक विद्यालयमा पढ्नुपर्ने, विदेश जान नपाउने’

काठमाण्डु टुडे २०८२ साउन २२ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २२ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको सार्वजनिक गरेका छन ।

आज (बिहिबार) माओवादी निकट अखिल क्रान्तिकारीले काठमाण्डूको राष्ट्रिय सभागृहमा गरेको शैक्षिक संवादमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले आफ्नो पार्टीका सबै स्थानीय सरकार प्रमुखका छोराछोरी सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयन भैसकेको र अब चाँडै केन्द्रीय नेताका छोराछोरीका हकमा पनि सार्वजनिक स्कुल क्याम्पस र विदेश जान नपाउने गरी निर्णय गर्ने तयारी भईरहेको बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् ।

अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us