काठमाण्डू, २२ साउन– गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने दाबी गरेका छन । आज (बिहिबार) सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने पनि बताएका छन । उनले भने, ‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ , ‘२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।’
उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए ।
‘संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ।’
उनले अहिले पूर्वसुचना प्रणालीले मानविय क्षति नभएको बताए । पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाइ थियो ।