थप ७ नेपाली आज इरानबाट स्वदेश फर्किँदै

काठमाण्डु टुडे २०८२ असार ११ गते १५:११ मा प्रकाशित

काठमाण्डू, ११ असार– भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली आज स्वदेश फर्किँदै छन । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन लागेको त्यहाँ रहेका एक नेपालीले जानकारी गराएका छन ।

आज दिउँसो दिल्ली हुँदै फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा रहेको बताइएको छ । बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्किने छन् ।

उनीहरू मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा रोकिएका थिए । परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेल चाहिँ मंगलबार नै फर्किएका थिए । उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो ।

भारतीय दूतावासको सहयोगमा उद्धार गरिने भएपछि उनीहरू आफू बसेको स्थानबाट बसमा यात्रा गरेर मसहदस्थित विमानस्थलसम्म आइतबार पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us