माधव नेपालको थुनछेक बहस ३ बजेबाट

काठमाण्डु टुडे २०८२ असार ११ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, ११ असार– आज (बुधबार) विशेष अदालतमा हाजिर भएका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सकिएको छ ।

विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएपछि अहिले खाजा ब्रेक भइरहेको छ । अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ । अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ ।

अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us