
एजेन्सी– इजरायली सेनाको आक्रमणमा हमास शीर्ष नेता मोहम्मद सिन्वर इसराइली मारिएका छन् ।
इजरायलको हवाई हमलामा सिन्वर मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले तीन दिनअघि नै सिन्वर मारिएको बताएका थिए । इसराइली सेनाले त्यसको तीन दिनपछि सिन्वर मारिएको पुष्टि गरेको छ ।
सिन्वर पूर्वशीर्ष नेता याह्या सिन्वरका सहोदर भाइ हुन् । उनी गत वर्षको जुलाइमा इजरायली सेनाका हमलामा मारिएका थिए ।
इजरायली सेनाका अनुसार आक्रमणमा सिन्वरसँगै हमासको राफा ब्रिगेडका कमान्डर मोहम्मद शबाना र खान युनिस बटालियनका कमान्डर मेहदी क्वारासमेत मारिएको बताएको छ ।