क्रोएसिया पठाउने भन्दै १९ लाख ठगेको आरोपमा एक महिला पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १९:५२ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– प्रहरीले वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख असुलेर फरार भएको आरोप लागेकी एक महिला पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डू कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी रहेकी प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई क्रोएसिया पठाउने भन्दै पटक–पटक गरेर १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us