कैलालीका भूमिहीनलाई जग्गा उपलब्ध गराउन माग

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १३:४२ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै नाउपाकी सांसद श्रेष्ठले यस्तो बताएकी हुन ।

उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् । सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ । भूमिहीन र दलितको माग र अधिकारका लागि निरन्तर लडिरहने उनको प्रतिबद्धता समेत जनाएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us