
काठमाण्डू, ३० वैशाख– सत्ता घटक दल एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन् । एमाले सांसद विश्वकर्माले भने, सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ ।
त्यहीँभित्र मृत्यु हुन्छ त्यसको छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस् ।’