सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १२:३२ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।

महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए । यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us