
काठमाण्डू, २९ वैशाख– पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।