कमल थापा, राजेन्द्र लिङ्देनसहितका राजावादीहरू एकै मञ्चमा

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संयुक्त रुपमा जनआन्दोलनको घोषणा गरेका छन ।

आज (बिहीबार) काठमाण्डूको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरुले जेठ १५ गतदेखि जनआन्दोलनको घोषणा गरेका हुन ।

राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा राजावादीहरु एकै मञ्चमा देखिएका छन् । आन्दोलन घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका सबैजसो राजावादी नेताहरु सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us