गृहमा सुरक्षा समितिको बैठकः सीमामा थप कडाइ गरिने

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– राष्ट्रिय सुरक्षा समितिको बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) गृह मन्त्रालयमा दिउँसो समितिको बैठक बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठक गरेको स्रोतले जानकारी दिएको छ ।

बैठक स्रोतका अनुसार, सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर भइसकेको छ । गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत बसेर आवश्यक सुरक्षा रणनीति तय गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us