एमाले सांसदले खोजे चुच्ने नक्साबारे पूर्वराजा ज्ञानेन्द्रको धारणा

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रिजालले यस्तो बताएका हुन ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्यसम्म ननिकालेको समेत उनले बताए । उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश गर्दा सिंगो राष्ट्र एक भएर उठ्यो ।

औँसी, पूर्णिमामा पनि वक्तव्य निकाल्नुहुन्छ भूतपूर्वराजा तर त्यो बेलामा उहाँको वक्तव्य कतै सुनिएन ।’ एमाले सांसद रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई राजसंस्थाको एजेण्डा छाड्न समेत आग्रह गरेका छन ।

०४६ सालमा पञ्चायती व्यवस्था बिदा भएको र बहुदल आएको स्मरण गदै उनले भने, ‘त्यो बेलाका राप्रपा नेताहरूलाई म धन्यवाद दिन्छु–परिवर्तनलाई आत्मसाथ गर्नुभयो ।

पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्नुभयो, राप्रपा अहिले अस्तित्वमा छ परिवर्तनलाई स्वीकार गरेर ।’ अब गणतान्त्रिक राप्रपाले आफ्नो पार्टीको नाममा गणतन्त्र जोड्नु उपयुक्त हुने उनले सुझाए छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us