काठमाण्डूमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १५:२० मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– काठमाण्डूमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ घर हाल गोकर्णेश्वर तालिञ्चोक बस्ने २३ वर्षीय पासाङ शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना ६ ख ५१०० नम्बरको टिपरले प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट शेर्पा गम्भीर घाइते भएका थिए । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ घर भएका शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो ।

उपचारकै क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us