
काठमाण्डू, ११ वैशाख– काठमाण्डूको चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डास्थित पिपलबोट नजिकै गुडिरहेको बसमा बिहीबार आगलागी भएको छ ।
कलंकीबाट यात्रु लिएर थानकोटतर्फ गइरहेको पाँचपोखरी यातायातको बा.प्र.३–०१–००५ख९७८६ नम्बरको बसमा एक्कसि आगो लागेको प्रहरीले जनाएको छ ।
बसमा आगो लागेपछि यात्रुहरुको भागाभाग भएको थियो । बसको पछाडिको भागबाट धुवाँको मुस्लो निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी परिसर,काठमाण्डूका प्रवक्ता एसपी अपीलराज बोहराले तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गरे ।
चन्द्रागिरी नगरपालिकाको दमकलले २० मिटेनमै आगो निभाएको थियो ।