पूर्वराजालाई उचालेर परिवर्तन मास्न खोजिँदैछः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– एमाले महासचिव शंकर पोखरलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने काम भइरहेको दाबी गरेका छन ।

आज बुधबार एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न कपिलवस्तु पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले ०६२–०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पश्चगामीहरू सल्बलाउन थालेको पनि बताएका छन ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी समेत गरेका छन ।

उनल भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ । अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us