कालीमाटीमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– काठमाण्डूको कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।

तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको उनले जानकारी दिए । केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले जानकारी दिए ।

उनले भने, ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं ।’ मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us