‘एटीएम वाटर’ सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैनः महेश बस्नेत

काठमाण्डु टुडे २०८१ माघ १५ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १५ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले काठमाण्डू महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको दाबी गरेका छन ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले नेता बस्नेतले यस्तो दाबी गरेका हुन । काठमाण्डू महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको दाबी गरेका छन । एमाले नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘एटीएम वाटर’ बालेनका पालमा होइन विद्यासुन्दरका पालामा सञ्चालनमा आएको हो ल ! सुजन ढकालजी तपाईंले काठमाण्डू महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएर ?

एक मा पानी पिउने व्यवस्था गरेर भनेर भ्रमपूर्ण भिडियो बनाउनु भएछ, तपाईंले बनाएको भिडियोले भ्रम सिर्जना गर्ला भनेर यहाँ तथ्यसहित केही उल्लेख गरिएको छ । एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैन ।’

बस्नेतले ‘एटीएम वाटर’ सञ्चालन गर्न २०७६ साल चैतमा काठमाण्डू महानगरपालिका र काठमाण्डू उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बिच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको बताएका छन्।

त्यतिबेला आम मानिसलाई काठमाण्डू महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरूमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको उनले बताएका छन् ।

उक्त समयमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताउँदै उनले पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान पाउमा वाटर एटीएम सञ्चालनमा ल्याएको बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us