सल्यान, १५ माघ– सल्यानको मोटरसाइकल दार्मा गाउँपालिका–४ मौलाहाल्ने नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ हिलेका २६ वर्षीय गोपाल डाँगी छन् । सल्यान प्रहरीका अनुसार डाँगी सवार रा७प ४५५८ नम्बरको मोटरसाइकल सोमबार राति ८ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका डाँगीको जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा सल्यान प्रहरी प्रवक्ता बाबुराम बस्नेतले जानकारी दिए ।