सिडिओलाई मुख छाडेको आरोपमा पहिचानवादी मोर्चाका अध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १५ गते १२:०० मा प्रकाशित

ताप्लेजुङ, १५ माघ– प्रहरीले पहिचानवादी मोर्चाका ताप्लेजुङ संयोजक ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाथीभरा केबलबार निर्माणको विषयलाई लिएर जारी विरोधका क्रममा प्रहरी र पहिचान पक्षधरबीच गत शनिबार झडप भएको थियो ।

झडपमा दुर्वतर्फका थरी करिब एक दर्जन घाइते भएका छन् । ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी रवि रावलले जिल्ला बन्द गराउँदै हिंडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको बताए ।

रावलले शनिबार भएको झडपका क्रममा मादेनले सिडिओ शर्मालाई धम्की दिएकाले पक्राउ गरिएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us