मापसे गरेर ट्याक्सी चलाउने चालक पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १५ गते ९:१४ मा प्रकाशित

पोखरा, १५ माघ– पोखरामा मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाउने एक चालक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीले चेकजाँचका क्रममा पोखरा महानगरपालिका–२५ हेम्जास्थित बास्कोटाचोकबाट उनी पक्राउ परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अुनसार घान्द्रुकबाट पोखरा आउँदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकाले पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले चाकलको विस्तृत विवरण भने खुलाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us