संसद् छलेर हतारहतार अध्यादेश ल्याइनुमा खोट छः कोइराला

काठमाण्डु टुडे २०८१ माघ १४ गते २०:५३ मा प्रकाशित

काठमाण्डू, १४ माघ– कांग्रेस नेता शेखर कोइरालाले सरकारले हालै ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

नोना कोइराला प्रतिष्ठानले सोमबार विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले नियतबस संसद् बोलाउन ढिला गरेर सरकारले अध्यक्षदेश ल्याएको भन्दै आपत्ति जनाए ।

संसदमा काँग्रेस र एमालेको करिब दुई तिहाई रहेको र सजिलै विधेयक पास हुने अवस्थामा संसद छलेर अध्यादेश ल्याइनु राम्रो नभएको उनको भनाइ थियो ।

‘संसदमा कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाइको संख्या छ। विधेयक सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’

काँग्रेस संस्थापन पक्षका नेताले आर्थिक सुधार र विकासका लागि अध्यादेश ल्याउनुपरेको तर्क गरिरहका छन् । कोइराला त्यसलाई मान्न तयार छैनन् ।

कोइरालाले अध्यादेशमा केही खोट भएको आशंका जनतामा रहेको प्रष्ट पारे । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरूरी थिएन’, उनले भने, ‘ अध्यादेशमा केही खोट छ कि ? रकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ ।’

मुलुक र जनताका लागि राजनीति हुनुपर्नेमा पैसाका लागि राजनीति हुन थालेको टिप्पणी उनले गरे । ‘जनताका लागि हुनुपर्ने राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको छ’, कोइरालाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us