काठमाण्डू, १४ माघ– सत्तारुढ दलहरुले सरकारका कामको समर्थन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सरकारमा सहभागी दलका शीर्ष नेतासहितको बैठकले सरकार ठीक ढंगले चलेको निस्कर्ष निकालेको हो ।
बैठकले सरकारका राम्रा कामबारे संसदमा एकै ठाउँ उभिएर बचाउ गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी एमाले प्रमुख सचेतक सचेतक महेश बर्तौलाले सरकारले धेरै राम्रा र सकारात्मक काम गरेको निस्कर्ष बैठकले निकालेको दाबी गरे ।
‘सत्तारुढ दलहरु एक ठाउँमा उभिएर संसदमा सरकारका राम्रा र सकारात्मक कामहरुको समर्थन गर्दै अघि बढ्ने निर्णय भएको छ’, बर्तौलाले भने ।