देउवाजी प्रधानमन्त्री बन्न अब १७ महिना बाँकीः ओली

काठमाण्डु टुडे २०८१ माघ १४ गते २०:१५ मा प्रकाशित

ललितपुर, १४ माघ– प्रधानमन्त्री केपी ओलीले अबको १७ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मंगलबार ओलीले आफूहरुबीचको ७ बुँदे सहमतिका आधारमा आफूले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताए ।

ओलीले हाल आफू नेतृत्वको सरकारलाई काँग्रेसले साथ दिएको र देउवा प्रधानमन्त्री बनेपछि त्यस्तै साथ आफूहरुबाट पनि पाउने विश्वास दिलाए ।

‘देउवाजी अबको १७ महिनापछि प्रधानमन्त्री बन्नुहुन्छ’, ओलीले भने, ‘अहिले सरकार चलाउन काँग्रेसले मलाई साथ दिएको छ, त्यतिबेला हामी उहाँहरुलाई साथ दिन्छौं ।’

ओलीलाई मुलुक अप्ठ्यारो स्थितिमा फुगेपछि काँग्रेस र एमाले मिलेर सरकार बनाउन बाध्य भएको जिकिर गरे । देश बनाउने कुरा मजाक र ख्यालठट्टा नभएको तर्क गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्दै हिंडेको टिप्पणी गर्दै उनले प्रचण्डको कामना पूरा नहुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us