काठमाण्डू, १४ माघ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाण्डूको बूढानीलकण्ठमा पसल खोलेको छ ।
विप्लव नेकपाले ‘सी व्यापार केन्द्र’ को नाममा पसल खोलेको हो । पसलको महासचिव चन्द, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मंगलबार उदघाटन गरे ।
पसलमा कृषिजन्य वस्तुको उत्पादन बिक्रीमा राखिएको सो पार्टीले जनाएको छ । कार्यक्रममा चन्दले व्यापार केन्द्रको स्थापनाले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने दाबी गरे ।
कम्युनिष्ट आन्दोलनबाट प्रभावित नभई सामाजिक अवस्थाका कारण व्यापार केन्द्र खोलिएको दाबी उनले गरे ।