संघीय सरकारमा ५ हजार प्रहरी भए पुग्छः निधि

काठमाण्डु टुडे २०८१ माघ १४ गते १९:२९ मा प्रकाशित

काठमाण्डू, १४ माघ– कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधिले संघीय सरकार मातहत जम्मा ५ हजार प्रहरी मात्र राखे हुने अभिव्यक्ति दिएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका निधिले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको पार्टी संसदीय दल बैठकमा संघमा अनावश्यक प्रहरी राख्न जरुरी नरहेको बताए ।

‘संघमा ५ हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजना गर्दा हुन्छ’, बैठकमा निधिले भने । प्रहरी र सशस्त्र प्रहरीको संख्या हाल १ लाख १५ हजार बढी छ । उनले काठमाण्डू केन्द्रित नेतृत्वले अधिकार दिन हिच्किचाएका कारण संघीयताको औचित्यतामाथि प्रश्न उठाउन थालिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us