आशिका तामाङलाई फेरि पक्राउ गर्ने तयारी

काठमाण्डु टुडे २०८१ माघ १४ गते १७:४२ मा प्रकाशित

काठमाण्डू, १४ माघ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन ।

उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ मा पक्राउ परेकी आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।

उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । काठमाण्डूका प्रजिअ तिवारी भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us