काठमाण्डू, १४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको दाबी गरेका छन ।
लामिछानेले जिल्ला अदालत, कास्कीले लगाएको ६५ लाख धरौटी बदरको माग गर्दै सोमबार ९आज० उच्च अदालत, पोखरामा निवेदन दर्ता गराएका छन् । उनले उक्त निवेदनमा यस्तो बताएका हुन् ।
‘मेराउपर राजनीतिक दाउपेचका आधारमा प्रमाणित हुन नसक्ने सङ्गीन कसुरहरूको आरोप लगाएर मेरो राजनैतिक, सामाजिक, पारिवारिक, व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छु ।’ उनले भनेका छन् ।
उनले आफू गोरखा मिडियामा रित्तो हात गएको र रित्तै हात फर्किएको पनि बताएका छन । उनले भनेका छन, ‘मैले कुनै रूपैयाँ लगानी गरेको थिइनँ ।
न त म गोर्खा मिडिया नेटवर्कबाट बाहिरिँदा कुनै प्रकारको रकम प्राप्त गरी निस्किएको छु। म रित्तो हात प्रवेश गरेको, रित्तो हात नै प्रालिबाट निस्किएको ध्रुवसत्य स्थापित भइरहेको अवस्था छ ।’