काठमाण्डू, ४ माघ– विपक्षी गठबन्धनले सत्ता गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाएको निस्कर्ष निकालेका छन् ।
विपक्षी दलको शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीले राजीनामा मागेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन गर्दा गरेको प्रतिबद्धताबाट सरकार च्युत भइसकेकाले राजीनामा दिनुपर्ने बताए ।
‘जे भनेर गठबन्धन गर्दा भनिएको थिये । ती कामहरु केही पनि अगाडि बढेको छैन । प्रधानमन्त्री आफैंले संविधान संशोधन ०८७ मा मात्र हुन्छ भन्नुभएको छ । सुशासनमा उल्टो गतिमा हिंडेकाले सरकारले नैतिक अधिकार गुमएको छ । नैतिकताका आधरमा सकारले राजीनामा दिनु नै उपयुक्त हुन्छ’, उनले भने, ‘सरकारले आफ्नो औचित्य गुमाउँदै गएको छ ।’ पद्ययि आफूहरुलाई सरकारमा जाने हतारो भने नभएको दाबी उनले गरे ।
सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएर जबर्जस्ती अध्यादेशमार्फत मुलुक चलाउन खोजेकाले तत्काल संसद अविधेशन बोलाउन पनि विपक्षी दलले माग गरेका छन् ।
सरकारले समयमै अधिवेशन नबोलाए आफूहरुले विशेष अधिवेशन बोलाउन माग गर्ने पनि उनले बताए । ‘सरकारले संसद छलेर जबर्जस्ती अध्यादेश ल्याउनु लज्जास्पद हो ।
विगतमा पनि यसै गरी संसद विभटन गरेको हुनाले सरकारले अधिवेशन बोलाउने देखिएको छैन’, होइन भने हामी विशेष अधिवेशन बोलाउन माग गछौं । हामी सकारको गलत क्रियाकलापमो निरन्तर प्रतिवाद गर्छौ । विशेष अधिवेशनको मात्र होइन, जरुरी पर्दा सडक संघर्षमा जान बाध्य हुने कुरा पनि हामीले वक्तव्यमा स्पष्ट गरेका छौं ।’
बैठकपछि जारी संयुक्त वक्तव्यमा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक अध्यक्ष डिपी अर्याल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, आमजनता पार्टीका सह–अध्यक्ष तीलक थापामगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले हस्ताक्षर गरेका छन् ।